स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता बढयो,थप ३ हजार रुपैयाँ पाउने


 


काठमाण्डौँ, जेठ १५

सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको वार्षिक भत्ता बढाएको छ । आउँदो बजेटदेखि स्वास्थ्य स्वयं सेविकाले वार्षिक थप ३ हजार रुपैयाँ यातायात भत्ता पाउने बजेटमा उल्लेख छ ।

यस्तै विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न २ अर्ब २० करोड बजेट छुट्याइएको छ । यस्तै गर्भवती जाँच र सुत्केरी भत्ताको लागि सरकारले २ अर्ब २२ करोड रुपैयाँ छुटयाएको छ । सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्