चिया पसलमा बसेर अनावश्यक कुरा गर्ने जोक्करको टिप्पणी गरेर समय खेर फाल्नु जरुरी छैन : सांसद बस्नेत


 


भक्तपुर, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जोकर साथीहरुलाई विकास निर्माणका कार्यमा आफ्नो जोकरको भूमिका राम्रो गर्न आग्रह गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ५ र ७ जोड्ने बुढिगण्डकी खोलाको पुलको शुभारम्भ गर्दै सांसद बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु आगामी दिनमा द्रत गतिमा व्यहारिकतामा उतार्ने बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमको चिया पसलमा बसी विना तलब निशुल्क खिल्ली उडाउने तथा बेरोजगार भई कसैको कुरा काटेर मात्र नवसी २४ गतेदेखि रोजगार बन्नलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चिया पसलमा बसेर आनावश्यक कुरा गर्ने जोक्करहरुको मलाई केही भन्नु छैन, उनीहरुको टिप्पणी गरेर समय खेर फाल्नु जरुरी पनि छैन । जोकर साथीहरुलाई विकास निर्माणका कार्यमा आफ्नो जोकरको भूमिका राम्रो गर्न आग्रह गर्छु ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई हिजोको समयमा हाँसेर उडाउनेहरुलाई २४ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको भक्तपुरबाट नै शुभारम्भ गरेर देखाउने बताउनुभएको छ ।

केपी ओलीको प्रमुख आतिथ्य तथा श्रममन्त्रीको विशेष आतिथ्यमा प्रधानमन्त्री रोजगारीको कार्यक्रमको शुभारम्भ हुने जानकारी गराउँदै सांसद बस्नेतले रोजगारीको आवेदन दिने सवैले रोजगारी पाउने जानकारी गराउनुभयो । उहाँले स्थानीय जनताको मागको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुने बताउनुभयो ।

पूर्व उद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सामाजिक सञ्जालमा कुनै आफ्नो व्यक्तिगत स्वार्थका कारण सरकारसँग गुनासो गरेको तर आम नागरिकले सरकार प्रतिको विश्वास भने अत्याधिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहिर स्याल हुँईया जति गरे पनि जनताले सरकारसँग विश्वास गरेका छन् । आजको बजेटबाट बृद्धभत्ता बढ्छ, तलव बृद्धि हुन्छ तथा भौतिक विकासका शिर्षकमा बजेट विनियोजन हुन्छ, नेकपाको सरकारलाई कसैको विरोधले विकास रोकिन्न ।’

आगामी २२ गते वातावण दिवसको अवसमा सूर्यविनायक चोकदेखि गणेस्थानसम्मको सफा गर्दै कोटेश्वरदेखि सूर्यविनायकसम्म ग्रीनरी, सोलार लाईट, आकोशे पुल, वृक्षरोपण गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै उहाँले भक्तपुरमा सडक, खानेपानी, पुल, ढल, भौतिक पूर्वाधार लगायतका विकास निर्माणले व्यापकता तिव्रता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो अघि बच्चा बढेको थाहा नहुने तर २/४ वर्षपछि भेटेमा ओहो कति ठूलो भएछ भने जस्तो हुने भएकाले भक्तपुरको विकास पनि २/४ वर्ष पछि आएर हेर्नेले कल्पना गरेभन्दा धेरै विकास हुन्छ, जनताले प्रत्यक्ष रुपमा अनुभुत हुने गरी विकास र समृद्धिका काम हुन्छन् ।’

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले हिजो हाँसेर उडाउनेलाई काम गरेर झापट दिने बताउँदै विकासमा धोकेवाजको दिन समाप्त भएको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिका विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेकोले कसैले विकासको विरोधले विकास नरोकिने बताउनुभयो ।

एक करोड ३७ लाख ८४ हजारमा निर्माण भएको उक्त पुलको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्