संघका महासचिव नरेश गेलालद्वारा राजीनामाको घोषणा


 


काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले पदबाट राजीनामाको घोषणा गरेका छन् । सरकारले सिण्डिकेट खडा हुनेगरी बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा कतार भिसा सेन्टर सञ्चालन गरिएको भन्दै संघका महासचिव नरेश गेलालले बुधबार राजीनामाको घोषणा गरेका हुन् ।

काठमाण्डौं महानगरपालिका ४ महाराजगञ्ज चक्रपथमा स्थापित कतार भिसा सेन्टरको बुधबार बेलुका एक औपचारिक कार्यक्रमका वीच नेपालका लागि कतारका राजदुत युसुफ विन मोहम्मद अल हैलले उद्घाटन गर्र्नेे कार्यक्रम रहेको छ ।

भिसा सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने,भिसा सेन्टरमै कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने ,कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु गर्ने कार्यको शुरुवात गर्ने तयारी गरेको छ । नेपाली कामदार कतारपुगेपछि त्यहाँ हुने यी काम नेपालमै पुरा भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने भएकाले कामदारका लागि लाभदायी हुने कतारको भनाई छ ।

तर महासचिव गेलालले आफुहरुहरु सघको नेतृत्वमा आउनु अगाडी स्थापना गरिएका मलेसियाको सिण्डिकेट विरुद्ध लडी रहेको बेला कतारका लागि त्यस्तैखालको सयन्त्र खडा हुनपुग्नु न्यायोचित नभएको बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट शुरु देखि नै कतारले भिसा नेपाली कामदारका पक्षमा नरहेको अडान राखेको भएपनि पछिल्ला दिनमा भिसा सेन्टर खोल्ने निर्णयले स्वस्छ,पारदर्शी र मर्यादित बैदेशिक रोजगारीको सुनिश्चितता हुन नसक्ने पदबाट राजीनामा घोषणा गरेका महासचिव गेलालको भनाई छ

वैदेशिक रोजगारलाई व्यवस्थित र कामदारहरुलाई सहज गराईदिने भन्दै खडा गरिने संयन्त्रले व्यवसाय सिमित स्वार्थ समुहको ईच्छा अनुसार चल्ने डरलाग्दो अवस्था आउन थालेको भन्दै सघका तर्फबाट भिसा सेन्टर रोकन अथक प्रयास गरिएको भएपनि नकिएको महासचिव गेलालले बताए ।

महासचिव गेलालले राजीनामा घोषणा गरेपनि राजीनामा स्वीकृत भएको छैन । संघको विधान अनुसार कार्य समितिका अध्यक्ष बाहेक अरु पदाधिकारीहरुको राजिनामा अध्यक्षले स्वीकृत गर्ने छ । तर अध्यक्षको राजीनामा आएमा कार्य समितिको बहुमतले स्वीकृत गर्नु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्