बालक अपहरण गरी हत्या गर्ने २ जनालाई प्रहरीले गोली हान्यो


 


काठमाडौं बालक अपरहण गरी हत्या गरेको आरोपमा पक्राउ परेका २ जना भाग्न खोजेपछि प्रहरीको गोली चलाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयको टोलीद्वारा बच्चा अपहरण गरी हत्या गर्ने २ जना भाग्न खोजीपछि गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर दुवै आरोपी घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरिबहादुर पालका अनुसार वीरगंजमा जेठ १० गते घण्टाघरबाट ८ वर्षीय करन साहलाई अपहरण गरेका थिए । अपहरणपछि बालकलाई बाराको कलैयास्थित खत्तरटाका नजिक रहेको एक झुपडीमा लगेर बन्धक बनाएको ३ घण्टा पछि करनलाई सम्हाल्न नसकेपछि ३ जना अपहरणकारीले घाँटी थिचेर हत्या गरेका थिए ।

हत्या गर्नुपूर्व करनको भ्वाईस रेकर्ड गरेर केहि दिन देखि करनका बुबा शम्भु साहलाई फिरौती माग्दै आएका थिए ।

घटनामा संलग्न तीनैजना विकास शर्मा, सिकिन्दर र रामदिनेश महतो प्रहरी नियन्त्रणमा छन् । सिकिन्दर र विकास शर्मा दुवै जनाको घुँडामा गोली लागेको छ । उनीहरुको अस्पतालमा उपचार हुँदैछ ।

विरगंज स्थित प्रगतिनगर बस्ने शम्भु शाह कवाडखाना संचालन गर्दै आइरहेका छन् । उनीसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको अनुमान प्रहरीको छ ।

अपहरणकारीले वीरगंज स्थित घण्टाघरबाट बालकलाई टेम्पुमा राखेर अपहरण गरेको थियो । अपहरणकारीले शम्भुसंग सुरुमा ५० लाख रुपैयाँको बार्गेनिंग गरेको थियो भने ५ लाख रुपैया दिने कुरामा सहमति भइसकेको थियो ।

यता, प्रहरीले बालकको शव फेला पारिसकेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिआइजी पालले जानकारी दिए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्