पानी माग्दा मुखमा पिसाब गरिदिने जेलरलाई भेट्दा मण्डेलाले यसो भने ?


 


एजेन्सी । नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए । सबैले आ–आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले ।

त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना ब्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए । मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती ब्यक्तिलाई पनि आफ्नो टेबलमा बोलाउन भने ।

अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले । ति ब्यक्तिले पनि खाना खान थाले । तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो । उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो । खाना खाई सकेर ती ब्यक्ति शिर झुकाएर फ़टाफट होटलबाट निस्किए ।

ति ब्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने, ‘राष्ट्रपति महोदय, ती ब्यक्ति धेरै बिरामी देखिन्छन् । खाना खाने समयमा उसको हात र शरीर लगातार काँमिरहेको थियो । पसिना पनि आइरहेको थियो । र उनी साह्रै आत्तिएका देखिन्थे ।’

मण्डेलाले भने, तपाईले सोचेको ति ब्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन । बास्तबमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती ब्यक्ति त्यो जेलका जेलर थिए ।’

मेण्डेलाले अगाडि भने ‘जब उनले मलाई यातना दिन्थे म बेदना सहन नसकेर चिच्याई–चिच्याई पानी माग्थे तब ती ब्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे ।’

मण्डेलाले फ़ेरि अगाडि भने ‘अहिले म देशको राष्ट्रपति छु । सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै व्यवहार गर्नेछु । तर, मेरो चरित्र त्यस्तो छैन । मलाई लाग्छ कि बदलाको भाबनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ । धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै बिकासतर्फ बढ्न सक्छौं ।’

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्