पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन् तीन लाखमा किने, हरेक महिना दुई लाख खर्च


 


एजेन्सी कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ (३३) ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै सुत्छन् ।

जुल्फेकले सिंहको नाम बब्बर राखेका छन् । बब्बरका कारण जुल्केफको परिवारलाई कुनै समस्या नभएको उनी बताउँछन् । उनका अनुसार उनका दुई वर्षका छोरा पनि बब्बरसँग निकै मज्जाले खेल्छन् ।

जुल्फेकले सम्बन्धित निकायबाट सिंहलाई घरमा राख्ने अनुमती लिएको जानकारी दिए । उनका अनुसार बब्बरलाई करिब तीन लाखमा किनिएको थियो र यसलाई पाल्न हरेक महिना दुई लाखको खर्च हुन्छ । यद्यपी, उनले सिंहलाई कहाँबाट किनेको भनेर जानकारी दिन चाहेनन् ।

बब्बर दुई महिनाको हुँदादेखि आफूले पालेको उनले बताए । बब्बर करिब ६ महिनादेखि उनको परिवारमा एक सदस्यको रुपमा बसिरहेको छ । उनी बब्बरलाई कुकुर झैं इमान्दार र मायालु बनाएर मात्रै मर्ने इच्छा राख्छन् ।

सिंहलाई घर ल्याएपछि चर्चित भएः

जुल्फेकका अनुसार सिंहलाई घरमा ल्याएपछि उनी टाढा टाढासम्म चर्चित भएका थिए । वरिपरिका बासिन्दा सिंहसँग सेल्फी लिनका लागि उनको घर आउने गरेको पनि उनले बताए । बब्बरलाई राख्नका लागि उनले छुट्टै स्थान बनाएको जानकारी दिए । उनले बब्बरका लागि छुट्टै बेडरुम पनि बनाएका छन् जसमा एसी पनि राखिएको छ ।

जुल्फेकले भने, ‘मलाई सधैं सिंहसँग लगाव थियो । बब्बरको हेरविचारका लागि मलाई कसैको पनि मद्दतको आवश्यकता पर्दैन । मलाई राम्रोसँग थाहा छ कि उसको हेरविचार कसरी गर्नुपर्छ ।’

अहिले जेल्फेकले बब्बरलाई तालिम दिइरहेका छन् । पाल्तु जनावरको जस्तो रहनसहन सिकाइरहेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्