श्रीमान मरेको १५ दिनमै सिन्दुर र चुरा लगाईन् !


 


काठमाडौं (पुष्पलता आचार्य)म श्रीमानको कान्छी श्रीमती थिए । मेरो सौता दिदी पनि हुनुहुन्छ । छोराछोरी छन् । मैले श्रीमानलाई पहिलै भनेको थिए यदि तपाइको मेरो भन्दा पहिला मृत्यु भयो भने तपाइले दिएको उपहार बाँचुन्जेल जोगाउने छु । चुरा, धागो, पोत, सिन्दुर भन्दा अरु के हुन सक्छ एउटी नारीको लागी श्रीमानको उपहार ? त्यसैले मैले अरु केही गरेको होइन श्रीमानको उपहारलाई उपयोग गरेको हुँ । अनी अर्का कुरा महिला पुरुष बिच जुन किसिमको असमानता छ त्यसलाई चिर्ने मेरो उद्देश्य हो ।

काम राम्रो होस या नराम्रो सुरुवात गर्नेले ताली र गाली खानु स्वभाविक हो । राम्रो काम गर्नेले त आरोपको सामना गर्नुपर्छ भने मैले त पितृसतात्मक राज्यसत्ताको विपक्षमा काम गरेको थिए । आरोप आउनु कुनै ठूलो कुरा होइन । तर आरोपको सामना गर्न सक्ने की नसक्ने भन्ने ठूलो कुरा हो । त्यसैले आरोप र आलोचनादेखि म कहिलै पनि हतास भइन । मलाई थाहा थियो की मैले गलत काम गरेको होइन । एकदिन यही समाजले यो कुरालाई स्वभाविक ठान्नेछ भन्ने लाग्थ्यो । विस्तारै त्यो पनि हुदै गएको छ । अहिले मेरो कदमको चौतर्फि स्वागत भइरहेको छ यसमा नै आनन्दित छु । श्रीमान मरेको १५ दिनमै सिन्दुर र चुरा लगाईन् ! किरिया बसेकी छोरी बाहिर निस्किदा आमा तर्सिएर बेहोस भईन् (भिडियो हेर्नुस)

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्