उर्लाबारीको प्राइम एफएम आजबाट तेश्रो वर्षमा प्रबेश


 


उर्लाबारी, जेठ १५

मोरङको उर्लाबारी नगरपालिका – ५ बाट प्रशारण हुँदै आएको प्राइम एफ.एम. आजबाट तेश्रो वर्षमा प्रबेश गरेको छ ।  २०७४ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पारेर एफ.एम.ले आफ्नो प्रशारण सुरु गरेको थियो ।

एफ एमका अध्यक्ष सुरज धिमालले तेश्रो वर्ष प्रबेश गरेको अवसरमा समस्त शेयर सदस्य, कर्मचारी, बिज्ञापनदाता, श्रोता एवम् शूभचिन्तकहरुमा शूभकामना ब्यक्त गर्नुभएको छ । स्थापनाको छोटो समयमै एफएमलाई यो सफलतासम्म पुर्याउन सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष धिमालले आभार ब्यक्त गर्नुभएको छ ।

बिहान ५ बजेदेखी राती १० बजेसम्म प्रशारण हुँदै आएको यस प्राइम एफ.एमले समाचार बुलेटिन, बिभिन्न स्थानीय तहसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम र गतिविधि, स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्