प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुँदै


 


भक्तपुर, देशमा वेरोजगारको समस्या व्यापक भइरहेको समयमा सरकारले त्यसलाई न्युनिकरण गर्दै देशमा नै राजेगारीको ज्ञारेन्टी गर्ने मुख्य उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भक्तपुरबाट हुने भएको छ ।

आगामी जेठ २४ गते भत्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थिती काल्छा खोलादेखी वडा कार्यालयसम्म करिव २.५ किमी सडकमा नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने निश्चित भएको हो ।

भक्तपुरका चारवटै नगरपालिकाको लागि करिव २ करोड ४६ लाख भन्दा बढी रकम रहेको प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तरगत चाँगुनारायण नगरपालिकाको लागि ४४ लाख, भक्तपुर नगरपालिकाको लागि ६४ लाख, मध्यपुर थिमी नगरपालिकाको लागि ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाको लागि ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित भएको छ ।

उक्त रकमको लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीको लागी ४००, चाँगुनारायण नगरपालिकाबाट ९१०, मध्यपुर थिमी नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीको लागि आवेदन दिएको तथा भक्तपुर नगरपालिकाबाट हालसम्म विवरण उल्लेख नगरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रम अन्तरगत आवेदन भरेको सवैलाई रोजगारीको व्यवस्था गरिने भएको छ । शुभारम्भ भएको दिन सडक व्यवस्थापन सम्बन्धी कार्यबाट शुरुवात गरिने भएको छ भने बाँकी दिनको लागि सम्बन्धीत वडा कार्यालयले निर्णय गर्ने भएको छ ।

आज नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाको अध्यक्षतामा पार्टी कार्यालय सूर्यविनायकमा बसेको बैठकले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन १५ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, सूर्यविनायक नपाबाट ७ जना वडाध्यक्ष, चाँगनारायण नपाबाट ४ जना वडाध्यक्ष र मध्यपुर थिमी नपाबाट २ जना रहने गरी उक्त समिति गठन गरेको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत, देवेन्द्र श्रेष्ठ, दिलीप प्रजापती, सोम मिश्र, प्रदेश सदस्य निर्मल भट्टराई, नवराज गेलाल, पार्टीका नेता तथा कार्यकर्ताको व्यापक सहभागितामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटिका सचिव डिपी ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्