प्रधानमन्त्री केपी ओलीले आज फेरि मानार्थ विद्यावारिधि ग्रहण गर्दै


 


काठमाण्डौँ । गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच बुधबार प्रधानमन्त्री केपी ओलीले दक्षिण कोरियाली विश्व विद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दैछन् ।

नेपाली सेनाको सानो भ¥याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्न लागेको हो ।

कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेण्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रुपमा आमन्त्रण गरेका छन् । प्रेसिडेन्ट युनले युनिभर्सिटीका तर्फबाट ओलीलाई उपाधि प्रदान गर्नेछन् ।

ओलीले ग्रहण गर्न लागेको यो चौथौ मानार्थ विद्यावारिधि उपाधि हो । यसअघि सन् २०१० मा मध्य अमेरिकाको बेलिजमा रहेको भनिएको र काठमाण्डुको शंखमुलमा सम्पर्क कार्यालय रहेको ग्रिनफोर्ड इन्टरनेशनल युनिभर्सिटीले ओलीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । उक्त उपाधि विवादमा परेको थियो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्