छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ


 


बर्दिया । बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। यही जेठ ८ गते आफ्नै घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोप बालिकाहरुले लगाएका छन्। केही दिनदेखि बालिकाको अस्वभाविक शारीरिक समस्या देखा परेपछि बलात्कारपछि परिवारले सोधपुछ गर्दा घटना बाहिरिएको हो।

जिल्ला प्रहरी कार्यालयमा बलात्कार गरेको आरोपमा आफन्तले मंगलबार उजुरी दिएका हुन्। प्रहरीका अनुसार उजुरीका आधारमा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्