आजदेखी नेपाल टेलिकमले ल्यायो यस्तो अफर


 


काठमाडौँ , जेठ १४

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसर पारेर कम्बो अफर ल्याएको छ । यो योजना मिति २०७६/०२/१४ देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ मा उपलब्ध गराउने भएको हो ।

यस अफरमा टेलिकमले ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराउने भएको छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न मिल्ने टेलिकमले जनाएको छ ।

७ दिनको अवधि समय राखिएको यस अफरमा रु ५० रुपैयाँमा प्याक खरिद गरे गर्दा कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ ।

यस अफरका लागि टेलिकमका ग्राहकले *1415#मा डायल गर्न सक्नेछन् अथवा कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गरी यस अफरकाे सुविधा लिन सक्नेछन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्