बजेट जेठ १५ गते अपरान्ह ४ बजे प्रस्तुत हुने


 


काठमाडौं, जेठ १३

आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराउनुभएको हो ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गर्नुभएको छ । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्