प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा तस्बिरसहित शंकास्पद वस्तु फेला


 


झापा,जेठ१३
झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु भेटिएको हो ।

देशभर प्रतिवन्धित नेकपा विप्लप समुहले बम पड्काइ रहेको समयमा झापाका दुई स्थानमा सकेत शंकास्पद वस्तु फेला पर्नुले विप्लप समुहमाथि आशंका गरिएको छ ।

उनीहरुले आज देशभर बन्द गरिरहेका छन् । गौरादहमा राखिएको शंकास्पद वस्तुमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर पनि राखिएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्