करिष्मा मानन्धरले भनिन् – सरकार गिराउन विपक्षीको इशारामा विप्लवको हिंसात्मक गतिबिधि


 


काठमाडाैँ । तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी करिष्मा मानन्धरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिबिधिप्रति चर्को असन्तुष्टि व्यक्त गरेकी छिन ।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक टिप्पणी गर्दै नायिक मानन्धरले विपक्षी दलहरूको इशारामा सरकार गिराउने कामका निम्ति हिंसात्मक गतिबिधि गरेको अारोप लगाएकी छिन ।

उनले नेपाली कांग्रेसको नाम नलिइकनै भनेकी छिन ‘बिप्लव वदिको पक्ष लिएर देश र जनताकोलागि भन्ने सुद्द भावना लिएर आत्मघाती बम लिएर हिड्ने दाजुभाइहरु लाई के भन्न चाहान्छु भने, हजुरहरुको नेता जानेर हो या नजानेर ! अहिलेको सरकार गिराउन विपक्षीको खेलको साँचो भाइरहनु भयेको छ ( जुन बाहिरी शक्तिको स्वर्थ बाट संचालित छन )’ कांग्रेसले सरकारविरूद्ध सडक र सदनमा अनेक रूपमा संघर्ष गरिरहेको र केही समयअघि खुलेर विप्लवको पक्षमा कांग्रेस नेताहरूले दिएको अभिव्यक्तिको समिक्षामा करिष्माले विप्लवको अहिलेको गतिबिधि नेपाली कांग्रेसको इशारामा भैरहेको बतएकी हुन ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्