सुन्दरहरैचामा भेटिएको बम सेनाले गर्यो डिस्पोज


 


मोरङ, जेठ १३

आज बिहान मोरङको सुन्दरहरैंचा– ७ ठडियामा सडक छेउमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट आएको सेनाको टोलीले बम डिस्पोज गरेको हो ।

बम निस्क्रिय पारेर सेनाको टोली फर्किइसकेको छ । विप्लव समुहले आज आह्वान गरेको नेपाल बन्दमा आतंकित पार्न बम राखेको हो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्