विप्लवको आज बिहानै विस्फोट गराउने योजना थियो !


 


काठमाडौं, जेठ १३

आइतबार काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोट सोमबार बिहानै गराउने विप्लव समूहको योजना रहेको प्रहरीले जनाएको छ । घाइतेले बममा समय सेट गर्ने क्रममा आइतबार नै विस्फोट भएको प्रहरी आशंका छ ।

सोमबार विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको थियो । बन्दलाई प्रभाव पार्न बिहानै काठमाडौंका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना सो समूहको भए पनि बम तयार गर्दागर्दै विस्फोट हुँदा सुकेधारामा ३ र घट्टेकुलोमा एकजनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्