विप्लवको बन्दमा सर्वसाधारणको गाडीमा समेत स्कर्टिङ दिन गृहको निर्देशन


 


काठमाडौं, जेठ १३

आजको राजधानी दैनिकले ‘राजधानीमा बम आतंक’ शीर्षकमा काठमाडौंका विभिन्न स्थानमा आइतबार भएको बम विस्फोटको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

आइतबार भएको बम विस्फोटमा ४ जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका छन् । बम विस्फोटको घटनामा मृत्यु भएका सबै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु बम बनाउने र विस्फोट गराउने क्रममा आफै विस्फोटमा परी मारिएको प्रहरीको भनाइ छ ।

राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार एकै समयमा तथा थानकोटमा साँझ बम विस्फोट भएको थियो । यस्तै, लगनखेल र ग्वार्कोमा भेटिएको बम भने नेपाली सेनाको डिस्पोजल टोलील आइतबार राति नै डिस्पोज गरेको थियो ।

त्यसैगरी पत्रिकाले ‘बन्दमा स्कर्टिङ’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमै छापेको छ । सरकारले नेपाल बन्दमा समेत सर्वसाधारणको गाडीमा स्कर्टिङ दिन प्रहरीलाई दिर्नेशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार डाकेको सुरक्षा प्रमखको आकस्मिक बैठकमा सर्वसाधारण चढ्ने सवारीलाई बन्दका बेला स्कर्टिङको व्यवसस्था गर्न दिर्नेशन दिइएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्