अनामनगरमा बम बिष्फोटपछि भेटिएको विप्लवको पर्चामा के छ ?


 


काठमाडौं, जेठ १२

राजधानीको अनामनगरमा भएको विस्फोटस्थलमा नेत्रविक्रम चन्द विप्लवको पर्चा भेटिएको छ। एकजनाको मृत्यु र अर्का एकजना घाइते हुने गरी भएको विस्फोटस्थल लोकमञ्जरी कार्कीको घरमा विप्लवले छाडेको धम्कीपूर्ण भाषाासहितको पर्चा भेटिएको हो ।

उक्त प्रचामा भोलीको बन्द सफल पार्न अपिल गरिएको छ । पर्चामा केही नारासमेत लेखिएको छ । जसमा फासीबादी सरकारको दमन र राज्यआतंकको प्रतिरोध गरौँ, सम्पूर्ण शैक्षिक संस्था, कार्यालय, उद्योग, कलकारखना बन्द गरौँ, सार्वजनिक तथा निजी यातायात, सवारी साधन बन्दको दिन नचलाऔँ र नेपाल बन्दको अवज्ञा गरेको भेटिएका उचित समयमा जनकारबाहीको सामना गर्नुपर्ने छ भन्ने धम्कीपूर्ण सन्देश लेखिएको छ।

यो प्रचा नेत्रविक्रम चन्द विप्लवको उपत्यका ब्यूरोको नाममा जारी गरिएको हो। विप्लवले भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे प्रहरीको गोलीबाट मारिएको विरोधमा बन्द आह्वान गरेको हो।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्