प्रहरी भन्छ : बम अन्तै लगेर विस्फोट गराउने योजना रहेछ, तर बस्तीमै पड्कियो


 


काठमाण्डौ – काठमाण्डौको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

सुकेधाराको विस्फोटमा २ जनाको र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुई ठाउँमा गरेर ६ जना घाइते भएका छन् ।

प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । घट्टेकुलामो विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ ।

‘घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्