काँग्रेसले सडक आन्दोलन गर्ने


 


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदमा अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जाने बताए ।

उनले संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी शर्मा ओली आफैले सडकमा जान बाध्य बनाएको दावी गरे । खाँणले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध कांग्रेस दृढ भएर उभिन लागेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वाइडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दावी गरेर भ्रष्टाचारलाई पश्रय दिएको प्रमुख सचेतक  खाँणको आरोप थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्