गुजरात आगलागी : १९ जनाको मृत्यु


 


गुजरात, जेठ ११

गुजरातको सूरतस्थित एक कोचिङ सेन्टरमा शुक्रबार भीषण आगलागी हुँदा मृत्यु हुने विद्यार्थीको संख्या १९ पुगेको छ । आगलागीको कारण खुल्न नसकेपनि प्रारम्भिक अनुसन्धान अनुसार विद्युत चुहावट भएर आगलागी भएको अनुमान गरिएको छ।

आगलागीबाट ज्यान बचाउन विद्यार्थीहरु भवन माथिबार्टै हामफालेका थिए। सुरतका प्रहरी अधिकारी सतीश कुमार मिश्राले घटनामा १५ विद्यार्थीको मृत्यु भएको पुष्टि गरे । उनले मर्नेको सख्या अझै बढ्न सक्ने समेत बताएका छन् ।

दुई दर्जन भन्दाबढी घाइतेहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगालागी नियन्त्रणमा लिनका लागि १८ भन्दा बढी दमकलको प्रयोग गरिएको थियो ।

यसैबीच,प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत सो घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै, घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन्। साथै उनले आगालागी पीडितलाई आवश्यक सबै किसिमको सहयोग गर्न गुजरात सरकारको स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्