रोजगारीको अवसर नपाएकालाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता : मन्त्री विष्ट


 


काठमाडौँ, १० जेठ । श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर नपाएका युवाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिनु परेको बताउनुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिब नागरिक लक्षित बनाउन प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्नुभयो ।

मन्त्री विष्टले उहाँले शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ भन्ने तथ्यांक खोज्ने र त्यसको जानकारी नागरिकलाई उपलब्ध गराउने पनि बताउनुभयो ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्