विद्यालयमा कांग्रेस कार्यकर्ताले आतंक मच्चाएपछि !


 


हुम्ला, जेठ १०

हुम्लाको सर्केगार्ड गाउँपालिकामा रहेको हिमज्योती माध्यमिक विद्यालयका शिक्षक जयबहादुर धामीलाई कांग्रेस कार्यकर्ताले हातपात गरेका छन् ।

बिहीबार दिउँसो साढे २ बजे शिक्षक धामी पढाउनका लागि कक्षा कोठा प्रवेश गर्न क्रममा मदिरा सेवन गरी विद्यालय प्रवेश गरेका सर्केगार्ड गाउँपालिका ५ गोठीका युवा दीर्घ सिंह र भरत मल्ल सोभान शाही शिक्षक धामीलाई हातपात गरेका हुन् । माओवादी निकट शिक्षक भन्दै विद्यालयमा सिधै आफुलाई उनीहरुले हातपात गरेको शिक्षक धामीले बताए ।

हिमज्योती माद्यामिक विद्यालयका प्रधानाध्यापक देवविक्रम शाहीका अनुसार केही शिक्षक पढाइरहेका थिएभने केही बाहिर थिए । मदिरा सेवन गरी विद्यालयमा छिरेर विद्यालयका कुर्सी तोडफोड गर्नुका साथै शिक्षक धामीलाई हातपात गरेको उनलेबताए ।

शिक्षकलाई हातपात गर्ने इलाका प्रहरी कार्यालय सर्केगार्डले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार यस विषयमा छलफल भइरहेको बताए । सर्केगार्ड इलाका प्रहरी कार्यालयमा छलफल चलिरहेको र सम्भव भएसम्म छलफलबाट समस्या समाधान हुने उनले बताए ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्