आमाको चिता सल्किदा …
सलक्क परेको जीउ पोटिला पोटिला नितम्ब लामो कपाल थोरै मिलाएर निधारसम्म झारेकी, हँसिलो चेहरा मृग नयनमा कालो रङ्गले पोतिएकी, रातो ओठमा गुलाबी रङ्गले सजिएर मेरो सामु पर्दा उ देखि म एकपल पनि टाढा हुनु नपरोस् जस्तो लाग्ने गर्दथ्यो । त्यसबेला म उसलाई मोटी भनेर जिस्काउथे मोटी शब्द उसलाई पटक्कै मन नपर्ने तर म माया गरेर त्यही मोटी शब्दले उसलाई बोलाउने गर्थे ।
तर उसको खास नाम सिलु थियो । सिलु र मेरो एउटै गाउँ तर बीचमा ठूलो मैयुङ डाडाले उनको र मेरो घरलाई छेकेको थियो । तर हाम्रो प्रगाढ मायाँलाई त्यो डाँडाले छेक्न सकेको थिएन । त्यही डाँडाको तालुमा हामी लुकामारी खेलेर रमाउने गर्दथ्यौं । दिनहुँ जसो हाम्रो भेट त्यही डाडामा हुने गर्दथ्यो । मैयुङ् डाँडामा बिहान झुल्किदो देखि अस्ताउदो घामसम्म त्यही सुसेली लगाउँदै रमाईरहेका हुन्थ्यौं ।
ढकमक्क भएर रातै भएर फुलेका गुराँसका फूलसँग रमाउँदै झ्याम्टे ढुङ्गामा बसेर पिपिरको पात बजाउँदै भेडा बाख्रा चराउँदै त्यही भेडी गोठमा नै हाम्रो मायाँ बसेको थियो जुन मायाँ पहिलो थियो । कलेज बिदाको समयमा हामी कहिले ट्याम्केको छातीमा कहिले सुन्तलेको जंगलमा, कहिले सिद्धकाली मन्दीरको दर्शन त कहिले टक्सारको सातधारा कहिले सित्तेल अनि पिखुवाको चिसो पानीमा डुबुल्की मार्दै दलगाउँको पखेरीमा धान अनि कोदोका बाला मकैका धानचमर सुस्तरी हावामा लहरी खेलेको हेर्न पुगेका हुन्थ्यौं । आहा नजानिदो तवरले हाम्रो मायाँ झाङ्गिएको थियो ।
आमाले मलाई बहुत मायाँ गर्थीन् म आमाको नजरमा म सानै थिए । उनको न्यानो काखबाट मलाई अलिकति पनि टाढा नहोस् भन्ने आमाको दृढता थियो । सिलुलाई नर्सिङ्ग पढ्नका लागि काठंमाण्डौं पठाउने उनको घरमा सल्लाह भएछ । मेरो त घरमा केही कुरा भएको थिएन सिलु जाने भएपछि म पनि काठमाण्डौं नै जाने सोच बनाए अनि बाबा आमासँग सल्लाह गरेर काठमाण्डौं जाने सोच गरे बाबाले मलाई काठमाण्डौं गएर कानुन विषय पढेर वकिल बन्नु भन्ने सल्लाह दिनुभो बाबाको सल्लाह मुताविक काठमाण्डौं जाने फिक्स नै भो तर आमालाई म काठमाण्डौं जाने भनेपछि धेरै पिडाबोध भएछ “त जानु पर्दैन यहीको बजारको कलेज पढ्नु” भनेर जिद्धि गर्न थालिन् तर म सिलुलाई छोड्न नसक्ने भएको थिए म जे जसरी नी काठमाण्डौं गएरै छोड्ने आमालाई भन्न थाले आमाले आसु बर्रबरी झार्दै भन्नु भो “बाबै शहरमा गएर कु बाटो नलाग्नु, जो जसको छिट्टै विश्वास नगरी हाल्नु, हाम्रो चुहेको छानो टाल्न जे जसरी भएपनि आईपुग्नु, हाम्रो सपना पुरा गर्नु, छोरा भनेकै त होस् हामी बुबा मुमा बिरामी भयौं भने कसले हेरचाह गर्छ, बाच्दा पनि त नै होस् हाम्रो लागि मर्दा एकापटी बोक्ने पनि अनि चित्तामा राखेर दागबत्ति दिने पनि त नै होस्, राम्ररी जानु तर हामीलाई नभुल्नु राम्रो पढ्नु बाबाको सपना पुरा गर्नु” यस्तै यस्तै कुरा गर्दै आमा रुदै मलाई काठमाण्डौं पठाउन सहमत भईन् ।
म पनि आमाको बचन अनि बाबाको आसिरबादलाई शिरोधार्य गर्दै सहरमा गएर केही गर्ने अनि आमा बाबाको सपना साकार गर्ने अभिलाषामा काठमाण्डौंको लागि पाइला अघि बढाए आमा दमको रोगी थिइन् आमाका ती बचन दिमागमा घुमिरहन्थ्यो । ती रोगी आमालाई छोडेर सहर लाग्दैछु आमाको जुन वचन पुरा गर्न सकिन भने म के छोरा यस्ता नानाथरीका कुरा मनमा खेलाउने गर्दथे । तर जीवनमा केही गर्नु पर्छ भन्ने अठोट ममा नी थियो । सिलु अनि म सँगै काठमाण्डौं अध्ययनका लागि लागियौं । सिलु सरस्वती गर्लस होस्टल बानेश्वरमा बस्न थालिन् म घट्टेकुलोमा डेरा गरी बस्न थाले । उनी नर्सकी विद्यार्थी म कानूनको विद्यार्थी उनले नर्स पुरा गरी एउटा प्राइभेट हस्पिटलमा काम गर्न थालिन् म पनि अध्ययन पुरा गरेर चिरायु ल फर्म खोलेर अड्डा, अदालतमा काम गर्न थाले काठमाण्डौं बसेको पनि लामो समय भईसकेको थियो । सहरको बसाई सिलु र म आफ्नो डिउटी पुरा गरिसकेपछि दिनानुदिन भेट्ने गर्दथ्यौं । गाउँको झोर जंगलबाट सुरु भएको हाम्रो मायाँ सहरको खुल्ला सडक–सडकमा मौलाईरहेको थियो । हामी एक अर्का एकपल पनि टाढा बस्न नसक्ने भएका थियौं । उनी र म छिट्टै बिहे गरेर बस्ने कुरा पनि चलिरहेको थियो उनी र म मा कुनै कुराको बेमेल थिएन जस्तो लाग्थ्यो नमिल्ने कुरा भनेको उनी सेतो कोटे म कालो कोटे यतिमात्र फरक थियो तर आत्मिक मायाँ बराबर होला जस्तो लाग्ने गर्दथ्यो ।
खै के भो उनको मनमा एक्कासी बिहे गर्ने कुरालाई थाति राखेर म जापान जान्छु अनि आएर बिहे गर्नु पर्छ भन्न थालिन् मलाई पनि उनको विचार सही नै होला भनेर महिले उनको बचनलाई तोड्न सकिन मायाँको नजरबन्दमा परेको ९ वर्ष भई सकेको थियो । उनी प्रति मैले कहिलै पनि अविश्वास गरिन मायाँमा शङ्काले गर्दा कहिले काही काटमारको स्थिति आएपनि क्षणभरमा नै मिलनको विन्दुमा पुगिन्थ्यो ।
सिलुसँग आवेगमा कति पटक सडकमा तमासा नै देखाएका छौं कहिले उनले पछार्ने कहिले मैले पछार्ने उ मोटी म स्याखुने हेर्नेको रमिता लाग्ने गर्दथ्यो हैट सिलुले एकदिन रिस फेर्न उसको होस्टलमा बोलाएर उसको रुममा १ घण्टा समेत थुनेकी छ । म रिसले आगो बनेको थिए बाहिरबाट होस्टल मालिकले लक खोलेपछि रातोमुख लगाएर फर्केको थिए । उनको मेरो मायाँमा एकछिनमै उग्र रुप लिन्थ्यो भने एकछिनमै शान्त । साच्चिकै सिलु र मेरो मायाँको डोरी जीवन्तका लागि कसिलो बनेको थियो ।
सिलु जापान जाने नी फिक्स भईसकेको थियो खर्चबर्च दुवै जना भएर जुटाउन थालियौं । उसले र मैले बराबरी लगानी गरेर बालकोटमा ६ आना जग्गा जोडेका थियौं जग्गा उसैको नाममा पास गरियो अझै पनि उसैको नाममै छ । जग्गा बेचेर भए नी खर्च जुटाउने कुरा समेत भएको थियो तर जग्गा आजै नबेच्ने पछि बेचुला भनी अन्यत्र बाटै पैसा जुटाएर १४, मार्च २०१३ का दिन उनीलाई जापान उडाउन उनको गलाभरी खादा ओढाएर अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा मलिन अनुहारका साथ दुवै जना बसिरहेका थियौं ।
शरीर नै पुरै तातो बनेको थियो लामो लामो स्वास हामी दुवै जना फेरिरहेका थियौं । यतिकैमा मेरो मोवाईलको घण्टी बज्छ फोन गाउँबाट हर्के दाईले गरेका रहेछन् । ठूले तिमी कहाँ छौं भनेर अड्की अड्की सानो स्वरमा भनिरहेका छन् “ठूली आमाले सन्सार छोड्नु भो हिजो बाट दमले धेरै चापेको थियो स्वास प्रश्वासमा खराबी थियो एक्कासी हामीबाट बिदा हुनुभो हामी ठूली आमालाई घाट लानको लागि तयारी गर्दैछौं तिमी तुरुन्त घर आईहाल ।” म मुर्छित हुन्छु मेरा नयनबाट अश्रुधारा बगिरहन्छन् ।
म तत्कालै घर जाने अवस्था नी थिएन प्लेनको टिकट भन्ने बित्तिकै नपाउने गाडीको यात्रा २ दिन गरेर पैदल १ दिन हिडेर मात्र पुगिन्थ्यो यतिखेर जस्तो त्यसबेला थिएन । म सामु यति ठूलो बज्रपात परेको थियो । सिलाको बिदाईको क्षण अनि ममतामयी आमाको बिदाई खबरले म स्तब्ध भएको थिए । सिलु त केही समयको लागि खुसीका साथ बिदाई थियो तर मेरी आमाको दुखान्त बिदाई ।
घरबाट फोन बारम्बार आउन थाल्यो आमालाई घरबाट घाटतर्फ लादैछौं, घाटमा पु¥यायौं, चित्ता बनाउँदैछौ, सोलामा चढायौं, दागबत्ति दिने समय भो भन्दै गर्दा एकहोरो शंखको आवाज पनि सुनिरहेको थिए म आसु पिउँदै बसिरहे दागबत्ति दिने समय भयो भन्ने बित्तिकै यता सिलाको पनि उडान तयारी भो आमालाई दागबत्तिका साथ आमाको चित्ता सल्किरहेको समयमा यता सिलाले मलाई बिदाईको हात हल्लाउँदै यात्रा सुरु गरिन् म माथि पिडामा पिडा भो म घर जानै पर्ने थियो आमाको लास बोकेर घाटसम्म लान नपाएनी आमालाई अन्तिम बिदाई स्वरुप दागबत्ति दिन नपाए पनि घर गएर हिन्दु परम्परा अनुसार काज किरिया गर्नु पर्ने भएकाले म बसपार्क तिर लाग्छु ।
घर पुगेर काज किरिया गरेर पुनः काठमाण्डौं आफ्नो कर्मथलो तिर फर्कन्छु । सिलुसँग दिनानुदिन कुरा हुने गर्दथ्यो । आमाको पीडा अनि सिलुदेखि टाढा हुुनु पर्दा पागल झै हुने गर्दथे, मदिरामा लठ्ठिन मन लाग्दथ्यो, छाती चिथोर्न मन लाग्थ्यो, अन्जु पन्थका गीतहरु गुनगुनाउथे आसु चिउडा देखि झर्दा मात्र होसमा आउने गर्दथे नरुएको दिन थिएन हैट दैवले मलाई कति पिडा दिएका होलान् मलाई एकलो भएको महशुस हुने गर्दथ्यो । बेलुका अफिसबाट फिरेर मैनबत्ती सल्काउथे मैनबत्ती पग्लेसरी मेरो मन पग्लि हाल्थ्यो एकलै हुन्थे कोठामा ढोका थुनेर डाको छोडेर रुने गर्दथे । बेस्सरी चिच्चाउने गर्दथे हैट म त पागल जतिकै बनेको थिए ।
सिलुले कमाएको अनि मैले कमाएको पैसाले काठमाण्डौंमै घर बनाउने अनि विवाह गरेर बस्ने हाम्रो योजना उनी जापान पुगेपछि नै बनेको थियो । तर समयको चक्र नै सिलुको मन जापानतिर नै बढी एकोरीन थालेछ उनी दिनानुदिन परिवर्तन हुन थालेकि थिइन् उनको बोलीचालीले गर्दा मलाई थाहा हुन थालेको थियो । विस्तारी उनी म सँग सम्पर्कबाट ओझेल पर्न थालेकी थिइन मलाई लागेको थियो विदेशी भूमिमा व्यवस्थताले पनि हुनसक्छ तर होइन रहेछ मेरो फोन काटिदिने, फेसबुक ब्लक गर्ने जस्तो गतिविधि देखाउन थालेपछि म मा शङ्काले डेरा जमाउन थालिसकेको थियो । अनन्तः सिलु म देखि टाढा भईसकेकी रहिछन् ।
९ वर्ष मायाँको नजरबन्दमा पारेर उनी जापानमै रहेका नेपाली सहयात्रीसँग मायाँको मितेरी लगाईसकेकी रहिछन् । मलाई उनको मायाँको बन्द इजलासमा बहस पैरवी गर्न अलिकति पनि श्रेयकर ठानिन । उनको स्वतन्त्रता हो हिजो ओथारोमा थिइन उनको प्वाँख थिएन भुवाँधारमा थिइन आज पखेटा लागेको छ उड्न पाउनु उनको स्वतन्त्रता हो । उनले आफ्नो अधिकारको अख्तियारी मैले होइन उनी आफैले पाएकी छन् । उनलाई मैले मायाँको इजलासमा बहसको लागि उभ्याउन चाहिन किनकी उनी सेतोकोटको बर्दी लगाएर दुखेको मुटुमा मलम लगाउने उनी आफैमा खुबी छ । मेरो अनुकम्पाले सिलुले सही निर्णय गरिछन् उनकै सहयात्रीसँग ९ मे २०१६ मा नेपाल आएर काठमाण्डौंकै एक पार्टीप्यालेसमा धुमधामसँग बिहे गर्ने योजना तर्जुमा गरेकी रहिछन् ।
उनी सँग कुरा गर्नकै लागि अर्को फेसबुक आईडी खोलेर कुरा गर्दा उनले फेसबुक म्यासेन्जरबाट खुसी साथ वयान दिईरहँदा मलाई धेरै पिडाबोध भएकाले अतिरञ्जित वयान सुन्न उचित ठानिन् । मलाई जुनबेला एक किसिमको बोध भो लभ बिनाको सेक्स, सेक्स बिनाको लभ कहिलै पनि सफल हुँदैन । वास्तवमै सिलुसँग मेरै यही सुत्र लागू भएको ठाने ।
मलाई आकाश झरेर थिचे जतिकै भो धर्ति कामेर धाजा धाजा भएर चिरिएको आभाष भो ढोका थुनेर मर्न खोजे तर मर्न सकिन रुदारुदा थाकेर त्यही निदाउन पुगेछु । झुयाल्स ब्युजिन पुगे बत्तिको स्वीच अन गरे समय हेरे रात्रि १ बजेको रहेछ । सिरानी माथि सिसाको फ्रेममा फुलको मालाले बेरिएको आमाको फोटो एकातिर अनि अर्को साइडमा सिलुको फोटो सजाएर राखेको थिए ती दुवै फोटो नियालेर हेरे सिलुलाई त स्वर्ग पुगेको अनुभूति भएको छ । तर मेरी आमा स्वर्गमा छन् की नर्कमा यो कुराले मेरो मन पोलिरह्यो फेरि मुख छोपेर निदाउने चेष्ठा गरे निन्द्रा लागेन । मेरी आमा त एक दमको मात्र रोगी थिईन् दमसँग मुकाविला गर्दा गर्दै पराजय भोगिन् दमनै विजयकै शीखरमा पुग्न सफल भो अनि मेरी आमा हारेर हामीलाई सदाको लागि विदाई भईन् । मृत्युलोकमा पनि बहस पैरवी गर्ने इजलास बनेको भए मेरी आमालाई स्वर्गमै बास गराउनु पर्दछ भनेर रिट लगाउने थिए ।
सिलु र मेरी आमालाई सँगै बिदाई गरेको थिए । सिलु जन्मलोकमै भएपनि स्वर्गको आभास लिएकी छन् । सिलुले म प्रति अन्याय गरिन् या गरिनन् उनको फैसला गर्ने जिम्मा उनैमा सीमित भएको छ । म मेरी आमाको सपना सकार पार्न सकिन आमा जिउदो हुँदा अनि मर्दा पनि आमाको दुधको भारा कटाउन सकिन आमा म आजै एक्लै छु म बेसाहारा भएको छु सिलु त स्वर्गको अनुभूति गर्दैछन् आमा तिमी स्वर्गमा छौकी नर्कमा …..?
प्रकाशित मिति: २३ चैत्र २०७२, मंगलबार