नारायणकाजी श्रेष्ठले भने : हामी कम्युनिष्ट–कांग्रेस सबै खत्तम छौं


 


काठमाडौं । सत्ताधारी पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हामी कम्युनिष्ट–कांग्रेस सबै खत्तम छौं भन्नुभयो । ‘एमालेको सरकार हुँदा, त्यस पार्टीका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट पेश गर्न ठीक पारेको सुडकेस फोड्ने हामी नै हौं, पछि डा बाबुराम भट्टराईको प्रधानमन्त्रित्वमा हामी माओवादीको सरकार आयो, नेपाली कांग्रेसले पनि हामीलाई बजेट पेश गर्न अवरोध पुर्यायो– हामी दुवै सत्तम छौं’ शुक्रबारको एक कार्यक्रममा उहाँले भन्नुभयो– हामी वकिल भयौं, जसले फि तिर्छ, सही–गलत केही बिचारै नगरी उसको पक्षमा वकालत गर्छौं ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको आयोजना तथा शान्ति र विकासका लागि नागरिक समाजको सहकार्यमा राजधानीमा आयोजित लोकतन्त्र, मानवअधिकार, राष्ट्रियता र सुशासनः चुनौती, संरक्षण र सबलीकरण विशयक वृहत् राष्ट्रिय परामर्श गोष्ठीमा उहाँले प्रमुख अतिथिका रुपमा संवोधन गर्दै भन्नुभयो– हरेक ठाउँमा भनसुन व्याप्त छ, लोकसेवाको जाँग पासर गराइदिनुपर्यो भनेर सोर्सफोर्स गर्न आउँछन्, नियमले मिल्दैन भनेर जबाफ फर्काउँदा, तिमीलाई नियम सिकाउँछौ भनेर जिताएको होइन भनेर जनता नै पाखुरा सुर्किन्छन्, हामी सबै खत्तम छौं ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, समाजवादी पार्टी नेपालका सचिव दुर्गा शोव, नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य, डा। सुन्दरमणि दीक्षित, अधिकारकर्मी भवानी घिमिरेले पनि लोकतान्त्रिक परिवर्तनको जुन दृश्य परिकल्पना गरिएको थियो, सो हासिल नभएको धारणा राख्नुभयो ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्