कांग्रेस अध्यक्ष राहुल गान्धीलाई मोदीले दिए धन्यवाद


 


एजेन्सी, जेठ १०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिनुभएको छ । लोकसभा चुनावमा विजयी भएकोमा गान्धीले मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी भाजपालाई बधाइ दिनुभएको थियो ।

मोदीले यसको जवाफ ट्विटरमा दिँदै गान्धीलाई धन्यवाद भन्नुभएको हो । लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ । नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नुहुनेछ ।

भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ ।

पश्चिम बंगाल र ओडिशामा पार्टीले सर्वश्रेष्ठ प्रदर्शन गरेको छ । चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्लीमा रहेको भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना भएको बताउनुभयो । उहाँले बदनियतले कुनै काम नगर्ने पनि प्रस्ट पार्नुभयो ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्