मोदीले जितेकै दिन कश्मिरमा मारिए जाकिर मुसा!


 


नयाँ दिल्ली: भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जाकिर मुसा सैन्य कारबाहीमा मारिएका छन् । जम्मु कश्मिर क्षेत्रमा चरमपन्थी गतिविधि गरेको भन्दै मुसालाई भारतले आतंककारी घोषणा गरेर सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।

दक्षिण कश्मीरको ट्राल जिल्लामा उनकै घरमा सेनाले गरेको कारबाहीमा गए राति अन्सार गजावत(उल(हिन्दका प्रमुख जाकिर मारिएको भारतीय सेनाले जनाएको छ । जाकिर मारिएपछि उक्त क्षेत्रमा हिंसा भड्किन सक्ने आशंकामा कफ्र्यु लगाइएको छ ।

त्यस्तै इन्टरनेट सेवा बन्द गरिएको भने विद्यालयहरुमा पठनपाठन रोकिएको बीबीसीले जनाएको छ । जाकिर रशिद भाट वास्तविक नाम भएका जाकिर कश्मीरमा आतंकवादी गतिविधि गर्ने बुर्हान वानीका सबैभन्दा निकट सहयोगी हुन् । बुर्हान कश्मीर मिलिसियाका कमान्डर थिए ।

उनी भारतीय सेनाको कारबाहीमा सन् २०१६ मारिएका थिए । सैन्य कारबाहीमा जाकिर मुसाको मृत्यु भएपछि स्थानीय सञ्चार माध्यमहरुले यसलाई भारतीय सेनाको ठूलो सफलता भन्दै विश्लेषण गरेका छन् । पुलवामा जिल्लामा आक्रमण हुँदा भारतीय सुरक्षा बलका ४० बढी जवानको मृत्यु भएपछि जाकिर मुसाको खोजी तीब्र पारिएको थियो ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्