मोदीलाई पाकिस्तानका प्रधानमन्त्री खानले दिए बधाई


 


एजेन्सी । भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । उनले मोदीसँग काम गर्ने प्रस्ताव पनि गरेका छन् ।

प्रधानमन्त्री इमरान खानले बधाई दिएपनि त्यहाँका जनताले नरेन्द्र मोदी प्रधानमन्त्री बनोस् भनि चाहेको थिएनन् । भारतद्धारा गरिएको सर्जिकल स्ट्राइकका कारण त्यहाँ जनता त्रसित रहेका छन् । त्यसकारणले नरेन्द्र मोदी प्रधानमन्त्री नबनोस् चाहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तान लाहौरका शाही आलमले त्यहाँका टीभी च्यानलमा भनेका छन्, मोदी सत्तामा पुनः आउनु हुँदैन किनभने उहाँले पाकिस्तानमा सर्जिकल स्ट्राइक गराउनुभएको छ ।’

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्