प्रीयशी म कस्तो गएको थिए युद्धमा त्यस्तै फर्किएको छु
भाेजपुर, चैत्र २१
शनिबार भोजपुर जिविसकाे सामुदायिक भवनमा लामाे समयपछि साहित्यकार तथा साहित्यप्रेमीहरुको ठुलाे उपस्थिति थियाे । साहित्यिक कार्यक्रमहरुमा २०६७ सालमा नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको पुर्वाञ्चल गजल महोत्सम पछि यति धेरै साहित्यप्रेमीहरुको उपस्थिति सायद याे दाेस्राे थियाे ।
सन्दर्भ हो बेलायतमा भइरहेकाे गेसोका आन्दोलन र नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सक्रिय रहेका बेलायती सेनाका अवकाश प्राप्त सिपाही युद्ध साहित्यका अभियन्ता कवि नरेश काङमाङ्को एकल युद्धा कविता वाचन कार्यक्रम । काङ्माङको एकल युद्ध कविता वाचन कार्यक्रमको आयोजना साहित्यकला प्रतिष्ठानले आयोजना गरेको हो ।
आयोजकले स्थानीय सञ्चारमाध्यमबाट कार्यक्रमको प्रचार प्रसार गरेपछि युद्ध कविता सुन्नकै लागि २ दिन समय खर्चेर दुर्गम गाउँमा रहेका साहित्य प्रेमीहरुको समेत सहभागिता रहेको थियो । पुर्व सभासद सुदन किरातीले कविलाई शुभकामना दिने क्रममा मञ्चबाटै भने “काङमाङ ज्यू को कविता सुन्नको लागि २ दिन अगाडीबाट नै विभिन्न कार्यक्रमहरु स्थगित गर्दै सदरमुकाममा बसेको छु” ।
मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ प्रगतिशिल लेखक श्याम तमोट, साहित्यकार प्रगति राई लगायत कार्यक्रममा स्थानीय राजनैतिक दल, संघ सँस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । प्रगतिशिल लेखक श्याम तमोटले युद्ध कवि नरेश काङ्माङ लाई फेटा गुथाईसकेपछि “प्रीयशी म कस्तो गएको थिए युद्धमा तेस्तै फर्कीएको छु ” शिर्षकको कविताबाट वाचन थालेका युद्ध कवि काङ्माङ्ले भोजपुरे साहित्यप्रेमीहरुलाई युद्धको मैदानमा उतारेका थिए ।
षडयन्त्रपूर्ण गोर्खा भर्तीमा, बाध्याता अनि रहरले अादिबासी युवाहरुले होमिनु पर्नै याथार्थ बताउँदा युवाहरु चनाखो भएर कान ठाडो बनाउथे । दुई चरण गरी करिव २० वटा कविता वाचन गर्दा अन्तसम्म एकाद बाहेक प्राय सवै दर्शकहरु स्तव्ध भएर युद्धकवितामा हराई रहे ।
काङमाङ्को कवितामा सृफ फोकल्लेन्ड, बर्मा, मलेशीको युद्धमा गोर्खाली सीपाहीले भोग्नु परेको पिडा, देखाएको बहादुरी मात्र अनुभुति गरेनन् दर्शकले, त्यसको साथमा धेरै प्रश्नहरुले कुतकुति पनि लागाएको हुनुपर्छ । किनकि नेपालका आदिबासिहरु हामी भर्ती भिर्न जाँदा दही खुवाएर फुलमाला अविर पहिर्यएर आफ्ना छोराहरुलाई विदाई गर्ने सँस्कारमा बाँचीरहेकाहरुलाई ।
वास्तवमा बहादुर गोर्खाको उपाधि भिराएर पक्कै उसवेलका राज्य सत्ताले आदिबासी र केही खस क्षेत्रीहरुलाई जवरजस्ति भर्ति पठाइयो त्यस्काे परिणाम स्वरुप यसबेला आदिबासीहरुले यो मुलुकमा अनागारिक झै भएर तेही गोर्खा भर्तीलाई एक पेट बाँच्न का लागि रोज्नु पर्ने बाध्यतालाई ब्रेक गर्नु पर्ने चेतना समेत भरेको हुनुपर्छ ।
काङ्माङले कविता संगै कविताको रचना गर्व सुनाई रहँदा साँच्चैे एउटा युद्धको सचित्र दृश्य हेरीरहेका सवै दर्शकहरुले कार्यक्रम हलबाट बाहिर निस्कदा अनुभुति व्यत्त गरेको सुनियो । जे होस हामीले पढ्दै आएको आदिकवि , आँशुकवि, महाकवि लगयतका उपामाहरुका विच एउटा फरक उपामा युद्ध कवि भर्खरै बाट सुन्न र पढ्न पाइयो । पक्कै यो उपामाले भावी दिनहरुमा रङग भएर पनि वेरङगी बन्नु पर्ने अवस्थाबाट मुक्त हुनका लागि उत्साह थपेको छ कविको युद्ध कविताले ।
प्रकाशित मिति: २१ चैत्र २०७२, आइतबार