भारतीय लोकसभा मतगणनाः प्रारम्भिक २२ स्थानको मत परिणाम सार्वजनिक हुँदा भाजपाको १३ सिट, कंग्रेसको ७ सिट


 


एजेन्सी । भारतको लोक सभा मतगणना स्थानीय ८ बजेबाट सुरु भएको छ ।

भारतको मतदान विद्युतीय मेसिनमा हुने भएकाले मत गणना तीव्र हुने गर्छ । मतगणना सुरु भएको आधा घण्टाभित्र देशका विभिन्न २२ स्थानको परिणाम आएका छन् ।

त्यसमा भाजपाको निक्कै ठूलो अग्रता देखिन्छ । भारतीय समाचारपत्र हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार भाजपाले १३ स्थानमा नित्दा कंग्रेसले ७ स्थानमा जित हासिल गरेको छ । त्यस्तै उत्तर प्रदेशमा महागणबन्धन बनाएका समाजवादी पार्टी र बहुजन समाज पार्टीले पनि एक स्थानमा जित हासिल गरेको छ । त्यस्तै १ सिट भने अन्य क्षेत्रीय पार्टीले जितेको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्