पेटको उपचार गर्न शेरबहादुर सिंगापुर गए


 


काठमाडौं कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनि बुधबार राति त्यसतर्फ लागेका हुन् । पेटको समस्याले ग्रसित देउवा त्यसको उपचारमा सिंगापुर गएको कांग्रेस केन्द्रीय कार्यालयले बताएको छ ।

पत्नी आरजू राणाका साथ रहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा पेटको जाँच गराउने कार्यतालिका रहेको बुझिएको छ । उनि जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्