भरतपुरमा माओवादीलाई भोट हाल्नु काङ्ग्रेसको ठूलो गल्ती गगन


 


काठमाडौं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली काङ्ग्रेस वैचारिकरुपमा विचलित नभएको बताएका छन् । उनले काङ्ग्रेसमा गुटउपगुट भए पनि वैचारिकरुपमा स्पष्ट भएको बताए ।

पार्टीले देशभर सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले हिजोका दिनमा काङ्ग्रेसले गरेका गल्ती अब नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भरतपुरमा माओवादीलाई भोट हाल्नु काङ्ग्रेसको ठूलो गल्ती भएको स्वीकार गरे । ‘काङ्ग्रेस नीति र विचारमा स्पष्ट छ’, उनले भने, अबका दिनमा काङ्ग्रेसको लोकप्रियता बढ्दै जानेछ ।’ नेता थापाले अहिलेको सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसक्दा विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएको आरोप लगाए ।

उनले सोही दिन नेपाल भुपू सैनिक सङ्घ बागलुङको ११औँ जिल्ला सम्मेलनलाई समेत सम्बोधन गरेको काङ्ग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्