पाँचथरमा फेरी अर्को डर लाग्दो घट्ना


 


पाँचथर ०८ जेष्ठ ।। पाँचथर फाल्गुनन्द गाउँपालिकाको अस्थायी सेवा केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा १ युवक मृत फेला परेका छन् । बाहिरबाट ताला लगाइएको कोठा भित्र अन्दाजी ३५ बर्षिय सुरेन लिम्बुको शव भेटिएको स्थानीयले बताएका छन् । लिम्बू आजै दिउसो १ बजेदेखी हराइरहेको बताइएको छ । उनी भर्खरै वैदेशिक रोजगारी (कोरिया) बाट फर्किएको खुल्न आएको छ । इलाम र पाँचथरको सिमावर्ती बजार रहेको घटनास्थल भने इलाम जिल्ला तर्फ पर्दछ । उनकी श्रीमतीले भर्खरै स्थानीय भूतपुर्ब भारतिय सैनीक संग विवाह गरेको समेत बताइएको छ ।

दिउसै बाट हराएका लिम्बूको खोजी गर्ने क्रममा अहिले बेलुकी ६:४५ बजे बन्द कोठामा शव भेटिएको फाल्गुनन्द गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्र भटराइले जानकारी दिनुभयो । फाक्तेप प्रहरी चौकी घट्ना स्थल नजिकै रहेको कारण घट्ना स्थल पुगिसकेको छ भने इलाम आमचोकबाट समेत प्रहरी घटना स्थल तर्फ आइरहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्