पाँचथर हत्याकाण्डः धरानमा पोष्टमार्टपछि परिवारले शव बुझे


 


धरान । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा मंगलबार ज्यान गुमाएका १० जनाको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोष्टमार्टम गरिएकोछ ।
बुधबार साँझ पोष्टमार्टम पश्चात परिवारजनले शव बुझेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले शवलाई पुनः पाँचथर नै आफन्तले लगेको बताए । सोमबार राति सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका थिए ।

२ परिवारका ९ जनाको हत्या नकाव लगाएर आएका व्यक्तिले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ती नकाव लगाएर आएको व्यक्तिले बमबहादुर फियाकको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । हत्या भएकामा बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन् । यस्तै धनराजसहित पत्नी जस्मिता फियाक, छोरीहरू युहाना फियाक, मुना तथा भतिजी इक्साको हत्या भएको थियो ।

प्रकाशित मिति: ८ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्