सरकारी जग्गा अतिक्रमण गरेको भन्दै नेपाल डिभीएम स्कुल परिसरमा लगाइयो डोजर


 


इटहरी : इटहरीस्थित नेपाल डिभीएम स्कुलले मिचेको सार्वजनिक जग्गा खाली नगरेको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर लगाएको छ । विद्यालय व्यवस्थापन पक्षसँग सहमती जुट्न नसकेपछि इटहरी उपमहानगरपालिकाले विद्यालयका संरचनामा डोजर चलाएको हो ।

मेयर द्ववारीकलाल चौधरी आफैँ डोजर लिएर बिद्यालयमा पुगेका थिए । उपमहानगरले आफ्नो सार्वजनिक जग्गा खाली गराउन पटक पटक विद्यालय प्रशासन र सञ्चालकलाई आग्रह गर्दै आएको थियो ।

तर सुरु सुरुमा विद्यालय प्रशासन र सञ्चालकले हल्का रुपमा लिँदै वेवास्ता गरेका थिए । मेयर चौधरीले पत्रकार सम्मेलन नै गरेर सार्वजनिक जग्गामा रहेको भौतिक संग्रचना भत्काउने चेतावनी दिएका थिए ।

विद्यालय सञ्चालक र उपमहानगरपालिकाका मेयर वीच पटक पटक वार्ता भएको छ । गत आइतबार साँझ उपमहानगरले ४ विकल्प दिँदै सहमतिमा आउन आग्रह गरेको थियो । सहमतिमा नआए सोमबार संरचना भत्काउने मेयर चौधरीले चेतावनी दिएका थिए ।

तर विद्यालय सञ्चालकहरुले सोमबार थप २ दिनको समय माग गरेका थिए । दुई दिनमा पनि विद्यालय सञ्चालक सहमतिमा नआएपछि बुधबार उपमहानगरपालिकाले डोजर चलाएको हो ।

प्रकाशित मिति: ८ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्