भिषण हावाहुरी, १ करोड भन्दा बढिको क्षति


 


संखुुवासभा । संखुवासभामा सोमबार दिउसो एक्कासी पानीसँगै आएको हावा हुरीले लाखौको क्षति पुर्याएको छ । हावा हुरीले खाँदवारी नगरपालीका क्षेत्र भित्र मात्र करिव दुई दर्जन भन्दा बढि घर टहरामा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो करिव ३ बजे एक्कासी असिना पानीसंगै आएको हावाहुरीले मानविय क्षति नभएपनि १ करोड भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले दर्जनौं रुख विरुवा ढलेका छन् । हावाहुरीले खाँदवारी नगरपालीका क्षेत्र भित्र सवैभन्दा बढि क्षति पुर्याएको हो ।

खाँदवारी नगरपालीका १ स्थित पशुसेवा कार्यालय र बल बहादुर राईको घर रुख ढलेर किचेको छ भने खाँदवारी १ का दोर्चि शेर्पा, राजेन्द्र प्रसाद राई, राजेन्द्र घिमिरे, भिमबहादुर विकको घरको छाना उडाएको छ । त्यसै गरि खाँदवारी ८ का देवि न्यौपाने, सितापति पाठक, अविनास रोक्का, नारायण श्रेष्ठ लगायतको घरको छाना उडाएको प्रहरी नायव उपरिक्षक श्यामसारु मगले बताउनु भयो ।

त्यसै गरि हावा हुरीले खाँदवारी ८ स्थित आदर्श विध्यामन्दिर पाठकगाउँको बाल शिक्षा सञ्चालन भईरहेको घर र ट्वाईलेटको छाना उडाएको विद्यालयका प्रधानाध्यापक हेमराज बस्नेतले बताउनु भयो । हावाहुरी र असिना पानीले पुर्याएको क्षतिको विवरण नगरपालीका क्षेत्र भित्रका गाउँ गाउँबाट आउने क्रम जारी रहेको र हावाहुरीले थप घरहरु क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्