देशका पाँच स्थानमा सुरुङमार्ग !


 


काठमाडौं । देशका विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखिएको एक अध्ययनले देखाएको छ । इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) परामर्शदाता कम्पनीद्वारा गरिएको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी) ले पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्ग अन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा, मध्यपहाडी राजमार्ग अन्तर्गतको पोखरा–बाग्लुङ खण्डको हेम्जामा र मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको छ ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख शिवप्रसाद नेपालले परामर्शदाता कम्पनीले बुझाएको अध्ययनको प्रारम्भिक प्रतिवेदनका अनुसार ती ठाउँहरूमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको जानकारी दिनुभयो ।

सुरुङमार्ग निर्माणले प्रस्तावित उक्त ठाउँहरूमा सडकको दुरी घटाउने देखिएकाले सुरुङमार्ग निर्माणका लागि ती स्थानहरू छनोट गरी पूर्वसम्भाव्यता अध्ययन गरिएको जानकारी गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नेपालले दिनुभयो ।

सुरुङमार्ग निर्माण सडक निर्माणभन्दा करिब सयौँ गुणा महङ्गो हुने गरेको छ । एक किलोमिमटर टनेल बनाउन झन्डै ६/७ अर्ब रुपियाँ लाग्ने गर्दछ जबकि एक किलोमिमटर सडक बनाउन (पहाडी क्षेत्रमा) ६/७ करोड रुपियाँ भए पुग्छ । जुन सडक निर्माणको तुलनामा धेरै ठूलो म‌‌हङ्गो हो । गोरखापत्रबाट

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्