विद्यालय टेकेको पहिलो दिनमै शिक्षकको मृत्यु


 


पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ ।

विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँको मृत्यु भएको हो । मन्तव्य राखिसक्ने बित्तिक्कै शिक्षक फागो बेहोस भएर ढल्नुभएको थियो ।

फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको बेहोस भएको केहीबेरमै मृत्यु भएको बताइएको छ । शवपरीक्षणका लागि सरदरमुकाम लगिएको तमाखेस्थित प्रहरी चौकीले जनाएको छ । शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटाले बताउनुभयो । शिक्षकको मृत्यु भएपछि विद्यालय परिवार शोकमा डुबेको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्