नारायणमान बिजुक्छेंले भने : प्रचण्ड भ्रष्टाचारीको नायक !


 


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड भ्रष्टाचारीको नायक भएको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले प्रचण्डको बिवाहको पचासौं बर्षको बर्षगाठमा पप्पु कन्सट्रकसनको पैसोले पाँच तारे होटेलबाट मगाएका भोज खुवाएसँगै उनी भ्रष्टचारको नायक भएको आरोप भएको आरोप लगाउनु भयो ।

उहाँले भ्रष्टाचारको मुख्य अखडा शितल निवास ,बालुवाटार र सिंहदरवार भएको बताउँदै ठग र दलालको घेरमा रहेर भइरहेको निरन्तर कामकै कारण भ्रष्टाचारको अखडाका रुपमा यीनि क्षेत्र परिचित बनेको बताउनु भयो ।

ओली र प्रचणको पूँजीबादी ब्यवस्थाले ब्यक्ति ब्यक्ति धनी हुने प्रतिप्रश्र्धाकै कारण सिहदरबार, बालुवाटार र शितल निवासमा निरन्तर भईरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको भन्दै सिंहदरवारको अधिकार गाउँ गाउँ भन्ने नारा निरन्तर भइरहेको भ्रष्टाचारले प्रमाणीत गरेको उहाँले बताउनु भयो ।

वर्तमान सरकार नामा मात्रको कम्युनिष्ट सरकार भएको भन्दै सरकारको आचरणलाई नियाल्ने हो भने गरीवका लागि कुनै काम नगरी सबै धनीको हितमा भएकाले यो कम्युनिष्ट सकारका नभएको उहाँले बताउनु भयो ।
वर्तमान सरकारले संसदमा दर्ता गरेको मिडिया बिधेयक सरोकारवालाहरुसँग परामर्श नगरि एकोहोरो रुपमा ल्याउनु गलत भएको

भन्दै यसले नागरिकको मौलिक अभिब्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने उहाँले बताउनु भयो । उहाँले यसका बारे बिभिन्न देशका बारे जानकारी लिनु पर्ने बताउनु भयो ।

नेताहरुको अदुर सोच, मुखलाई नियन्त्रण गर्न नसक्दा देशमा संघियता कार्यान्वनमा जटिलता देखा परेको उहाँले बताउनु भयो । उहाँले हालका मुख्य मन्त्रीहरुले बिगतमा गरेको संंघियताका बारे हस्ताक्षर नबुझेरै गरेको हाल मुख्य मन्त्रीहरुको ब्यवहारले प्रष्टाएको बताउनु भयो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्