सीके राउतको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भयो


 


काठमाडौं । डा सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । जनमत पार्टी नयाँ राजनैतीक दलका रुपमा आयोगमा दर्ता भएको हो ।

आयोगको सोमबार बसेको बैठकले जनमत पार्टीलाई नयाँ राजनैतिक दलको मान्यतासहित दर्ता गरेर सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए। जनमत पार्टीले गत वैशाख १५ गते निर्वाचन आयोगमा ३५ केन्द्रीय सदस्य रहेको जनमत पार्टी दर्ता गर्न निवेदन दिएको थियो ।

संविधानअनुसार जनमत पार्टी नाम राखेर दल खोलेर निर्वाचन आयोगमा दर्ता गरिएको हो । मधेशमा पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका राउतले गत फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर आन्दोलन छोडेका थिए । सरकारसँग सम्झौता भएको दुई महिनापछि दल दर्ता गर्न निर्वाचन आयोग पुगेको थियो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्