“५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु” भन्‍ने युवक पक्राउ


 


काठमाडौं । ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेपछि एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका – २ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा – “पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छुु” भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट उनले कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ। उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्