काँग्रेसको जागरण अभियानमा सोमप्रसाद तिम्सिनाले के भने ?


 


उर्लाबारी ।  मोरङको उर्लाबारीमा आईतबार आयोजित नेपाली काँग्रेसको राष्ट्रिय जागरण कार्यक्रममा कार्यकर्ताहरुले पार्टी नेतृत्वप्रति आक्रोश ब्यक्त गरेका छन् ।

काँग्रेस उर्लाबारी नगर समितिले आज उर्लाबारी – ७ स्थित देबिस्थान दुर्गा मन्दिरमा आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताहरुले प्रदेश र संघीय निर्वाचनको पराजय र त्यसपछी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताहरुले नेतृत्वप्रति आक्रोश ब्यक्त गरेका हुन् ।

उर्लाबारी – ३ का वडा सदस्य समेत रहनुभएका सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गरिरहेको बताउनुभयो । काँग्रेसले गर्नुपर्ने प्रमुख प्रतिपक्षीको भूमिका पत्रकारहरुले गर्नुपर्ने अवस्था आउनु निकै दुखद रहेको बताउनुभयो । संसददेखी सडकसम्म अहिले काँग्रेसको अवस्था निरीह रहेको बताउँदै उहाँले अब कार्यकर्तालाई एकजुट बनाउँदै नेतृत्व अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस एकजुट भएर बर्तमान सरकारको कमीकमजोरीलाई जनतासम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभएको थियो । उर्लाबारीको मिक्लु खोला प्रकरणमा पार्टीका क्षेत्रीय सभापति समेत रहनुभका नगर प्रमुख खड्ग फागोमाथि बिभिन्न आरोपहरु आउँदा त्यसको प्रतिवाद गर्न पार्टी नेतृत्व चुकेको भन्दै आलोचना गर्नुभएको थियो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्