नरेन्द्र मोदी पहेंलो बस्त्र लगाएर किन गुफा पसे ?


 


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्न गुफा पसेका छन् । लोकसभा निर्वाचनको मतगणना सुरु हुनुअघि मोदी गुफा पसेका हुन् ।

मोदी उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ शनिबारदेखि ध्यान बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय जनता पार्टीको प्रचार–प्रसारको काम सकेपछि मोदी पहेंलो बस्त्र धारण गरेर गुफा बसेका थिए ।

मोदी आइतबारसम्म ध्यान बस्ने र त्यसपछि केदारनाथ मन्दिर जाने बताइएको छ । प्रधानमन्त्री बनेपछि यसअघि उनी तीनपटक केदारनाथ भ्रमणमा गइसकेका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्