कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठानद्धारा ९ जना सम्मानित


 


उर्लावारी, जेठ ४

कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान केन्द्रिय समिति उर्लाबारीले आधा दर्जन बढीलाई सम्मानित गरेको छ । कुल पुजा गोठधुपको अवसरमा आज आयोजित तेश्रो बार्षिक साधारणसभामा ९ जना व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो ।

प्रतिष्ठानको भवन निर्माणमा १ लाख बढी सहयोग गर्ने ललित अधिकारी र लक्ष्मी अधिकारीलाई विशेष सम्मान गरिएको छ । जग्गादाताहरु कोषराज अधिकारी, विमला अधिकारी, अर्जुन अधिकारी र शोभा अधिकारी र नगद सहयोग गर्ने शान्तिराम अधिकारी, लक्ष्मीप्रसाद अधिकारी र भीमप्रसाद अधिकारीलाई पनि सम्मानित गरिएको प्रतिष्ठानका सचिव खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विशेष सम्मानबाट सम्मानित ललित अधिकारीले प्रतिष्ठानले आर्थिक संकटका कारण घोषित कार्यक्रमहरु पुरा गर्न नसकेकाले सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो । साधारणसभामा कोषाध्यक्ष जयप्रसाद अधिकारीले करिव ८ लाख वरावरको आयव्यय प्रस्तुत गर्नु भएको थियो । उर्लावारी ४ मा कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठानको केन्द्रिय समितिको तीन कोठे भवन अहिले निर्माणाधिन छ ।

भवन निर्माणस्थलमा गोठधुपको पनि आयोजना गरिएको थियो । कार्यक्रममा तीनसय वढी कश्यप गोत्रिय अधिकारीहरुको सहभागिता रहेको अध्यक्ष गोविन्द अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्