अन्तत : रबि लामिछाने र निकिता पौडेल बिच बिवाह सम्पन्न !


 


काठमाडौं : लोकप्रिय सञ्चारकर्मी रवी लामिछाने शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् ।

केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा बिहे गरेका हुन् ।न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।

केहि समय अघि नै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसके का उनीहरुले आज परम्प रागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

उनले आज शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उप स्थितिमा विवाह गर्दैछन् ।

पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् ।विवाहको कार्यक्रम गोप्य राखिएको छ।

उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए। अदालती विवाह गरेपछि रविले लेखेका थिए, ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो।

कसैको चर्चा आलोचना सुुझाव, ब्याख्यामा हामी अटाउन सकेनौं भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाइ र तपाइँको सोचाइ नमिल्न सक्छ।

हामी दुवैजना यो निर्णयबाट एक दमै खुशी छौं। र, हामी सबैबाट हाम्रो सखद दाम्पत्य जीवनकोलागि शुभकामनाखद दाम्पत्य जीवनकोलागि शुभकामना मात्र चाहन्छौं।’

यता छबि र शिल्पाले पनि स्वीकारे सम्बन्ध

श्रीमान्–श्रीमती स्वीकारेर सँगै बसे पनि लामो समयसम्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले आफ्नो सम्बन्ध लुकाएर दर्शकलाई मुर्ख बनाइरहे ।

नायिका रेखा थापासँग डिभोर्स भएपछि छविले शिल्पालाई फिल्म क्षेत्रमा अगाडि बढाए । र, आफैँले दुवै नजिक भएको सूचना चुहाए । फिल्म क्षेत्रका अधिकांश दुवैको सम्बन्धबारे जानकार थिए तर सधैँ प्रेमी–प्रेमिकाको रुपमा मात्रै परिचय दिए ।

लुसुक्क आफन्तहरु बोलाएर विवाह गरे । कन्यादान दिने व्यक्तिको नाम खुल्यो । सीमित व्यक्तिले पाए पनि दुवैको विवाहको तस्बिर समेत बाहिरिएको थियो । तापनि ‘विवाहबारे सोच्दैछौं’ भनेर मुर्ख बनाउने प्रयास गरिरहे । ओझाकी पूर्वपत्नी थापाले आफ्नो डिभोर्स भइसकेको र शिल्पासँग विवाह गरिसकेको व्यक्तिसँग आफ्नो नाम नजोड्न सार्वजनिक रुपमै आग्रह गरिन् सञ्चारकर्मीलाई तापनि ओझा दम्पतिले स्वीकारेनन् ।
दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे नबोलेको भए चासो हुने कुरै थिएन ।

विवाह गरेर पनि विवाह गर्ने सोच छ भनेर ढाँटिरहेपछि शुक्रवारले एक वर्षअघि दुवैको विवाहको फेहरिस्त खोलिदिएपछि भने विवाहबारे सार्वजनिक रुपमा बोल्न छाडेका थिए ।

सत्य कतिदिन लुक्न सक्थ्यो र ! आखिरमा ओझा आफैंले सामाजिक सञ्जालमा शिल्पासँगको तस्बिर राखेर सम्बन्ध स्वीकार्दैै अंग्रेजीमा लेखे, ‘मेरो जिन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँग नै होस् । कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’
ठीकै छ त, ढिलै भए पनि स्वीकार्नु राम्रो कुरा हो । भावि यात्रा सुखद् होस् दुवैको ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्