पोखराबाट उपेन्द्र यादवको चेतावनी : संविधान नसच्चिए सरकार छाडेर सडकमा


 


पोखरा । समाजवादी पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए आफ्नो पार्टी जुनसुकै बेला सडक संघर्षमा उत्रने बताएका छन् । आफूहरु सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको बताउँदै सहमति पूरा नभएर सडक आन्दोलनमा उत्रने बताएका हुन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकतापछि बनेको समाजवादी पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रममा यादवले संविधान संशोधन गरेर त्रुटी नसच्याए सडक आन्दोलनको विकल्प नभएको बताए । यादवले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई आह्वान गरे ।

‘अहिलेको विकृतिपूर्ण संविधानलाई संशोधनका मध्यामबाट सच्याउ, सुधार गर भनेका छौं । उसले सुधाछौं भनेको छ । सहमति पनि भएको छ,’ यादवले भने, ‘त्यही आधारमा हामी सरकारका सहभागी भएका हौं ।’

सरकारमा सहभागी हुनु अघि भएको सहमति कार्यान्वयन गर्ने बेला आएको यादवले बताए ।  संविधान संशोधन नभएर मुख्य बाटो नै सडक संघर्ष भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्