प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक चितवनको आर्मी ब्यारेकमा अवतरण


 


चितवन,जेठ ३ –

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलबस्तुको लुम्बिनीमा जान लाग्नुभएका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको हो ।

उहाँ आधा घण्टा व्यारेकमा रोकिनुभएको थियो । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लाग्नुभएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्