अञ्जनाका पति लेख्छन्– ‘दुखको घडीमा छौं, न्यायाधीश नबनिदिनुहोला’ (हेर्नुहोस भिडियो)


 


काठमाडौं । संगीत कर्ममा जोडिएका उज्वल महतले बुहारी हत्या गरेको घटनाबारे अनेक धारणा सार्वजनिक हुन थालेपछि मृतक अञ्जना महतका पति प्रज्वलले धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो परिवार वियोगमा रहेको उल्लेख गरेका छन् । ‘केही दिन भएको घटनाले म पुरै स्तब्ध छु, मेरो जीवनमा भुइँचालो गएको छ । सामाजिक सञ्जाल र मिडियाहरूले सत्यतथ्य समाचार बनाइदिनु होला’, प्रज्वल लेख्छन्,‘यो सबै घटनाको अनुसन्धान जारी छ, दोषी माथि कारबाही हुन्छ । अपराधीलाई कडा भन्दा कडा साजय हुन्छ ।’

पत्नीको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामनासहित न्यायको माग गर्दै, अनुसन्धान जारी रहेको र कसैको मिलेमतो भए उसलाई पनि कारबाही हुने बताउँदै उनी अघि लेख्छन्,‘हामी दुखको घडीमा छौं । घर र मेरो ससुराली परिवार स्तव्ध छौं । सबैजना अहिले न्यायाधीश नबनिदिनुहोला ।’

 

 

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्