भारतीयले नेपालीलाई लखेटी–लखेटी कुटे !


 


वीरगन्ज । पर्सा जिल्लाको सुदूर उत्तरी नाका ठोरीसँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेकय छन् ।

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा पाँच नेपाली घाइते भएका छन् ।

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताउनुभयो ।

सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्